नेभिगेशन
सुदूरपश्चिम

बुंगल ७ को कथा : नजिकको स्वास्थ्य इकाइ केन्द्र बन्द, सिटामोलका लागि पाँच घण्टा पैदल

बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ७ मा रहेको डाडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र दुई महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्रमा दुई महिना पहिलेसम्म रहेका डाक्टर नारद प्रशाद जोशी खर्काबगड आधारभुत स्वास्थ्य एकाई केन्द्रमा नियुक्त भएदेखि डाडागाउँ आधारभूत स्वास्थ्य एकाई बन्द भएको हो ।

त्यस ठाउँका जनताका सहजताको लागि २०७७ सालमा १८ लाखको लगानीमा स्थापना भएको डाडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र कर्मचारी र स्वास्थ्यकर्मी नहुँदा बन्द हुने अवस्थामा पुगेको स्थानीय बिरबहादुर भण्डारीले बताए । डाडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र बन्द हुँदा लुंगाडा र डाँडा गाउँ टोलका बासिन्दा मर्कामा पर्ने भएका छन् ।

यसअघि बुंगल नगरपालिका ७ का बासिन्दा टाढा रहेको कफलसेरी स्वास्थ्य चौकीबाट सेवा लिदै आएका थिए । तर बिचमा डाडागाउँ र लुङ्गाडा टोलको सिमानामा डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र स्थापना भएपछि खुशी भएका थिए । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र बन्द हुने अवस्थामा पुगेपछि सिटामोलकै लागी भए पनि यस ठाउँका स्थानीयले फेरि चार पाँच घण्टा पैदल हिडेर कफलसेरी स्वास्थ्य चौकी जानुपर्ने बाध्यता आएको अर्को स्थानीय भैरब बोहराले बताए ।  


डाडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र पुनः सञ्चालनका लागि वडा र नगर सरकारको ध्यान नगएको बोहराको भनाई छ । कर्मचारी र स्वास्थ्यकर्मी नहुँदा १८ लाखको भवन र स्वास्थ्य सामाग्री खेर जान थालेको स्थानीयको भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै