नेभिगेशन
सुदूरपश्चिम

सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते, खुकुरी प्रहार गर्ने व्यक्ति फरार

सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । सुर्मा गाउँपालिका वडा नम्बर २ दोगडीका ३० वर्षीय हरिचन्द्र बोहरालाई हिजो सोही ठाउँमा करिब २५ वर्षीय भुवन बोहराले खुकुरी प्रहार गरेका हुन् ।

भुवनले हरिचन्द्रको टाउको, करङ, पिठ्यु लगायतका अंगमा खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

खुकुरी प्रहार गर्ने भुवन बोहरा फरार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते हरिचन्द्र बोहराको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । उनीहरुले मदिरा सेवन गरेका कारण घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै