नेभिगेशन
सुदूरपश्चिम

अबरुद्ध जयपृथ्वी राजमार्ग २२ घण्टापछि सुचारु, रोकिएका सवारी साधन गन्तब्यतिर लागे

आइतबार दिउँसोदेखि अबरुद्ध खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज बिहान २२ घण्टापछि १०:३० बजेबाट पुन: सुचारु भएको छ । बैतडीको पाटन नगरपालिका -८ झौलेक मोड नजिक सडकमाथिबाट खसेको ढुंगाले सडक अबरुद्ध भएको राजमार्ग बझाङबाट गएको मेसिनले बीच सडकमा रहेको ढुंगा हटाएसँगै पुन: सुचारु भएको  हो । 

आइतबार दिउँसो ०१:०० बजे सडक माथिबाट ठुलो ढुंगा खसेर राजमार्ग अवरुद्ध भएको थियो । सडक अबरुद्ध भए लगत्तै दुईवटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो । तर जेसीबीले ढुंगा फाल्न नसकेपछि बझाङको झोताबाट  गएको मेसिनले ढुंगा हटाएपछि राजमार्ग सुचारु भएको हो ।  

राजमार्ग अवरुद्ध हुँदा  सवारी साधन रोकिएर  यात्रुहरु बीचबाटोमै अलपत्र परेका थिए । अवरुद्ध सडक खुलेपछि बाटोमै रोकिएका सवारीसाधन आ–आफ्नो गन्तब्य तर्फ लागेका खोडपे प्रहरी चौकीका इन्चार्ज बिकले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै