नेभिगेशन
सुदूरपश्चिम

बझाङमा थप कडाइ : बिहान वेलुका मात्रै पसल खोल्न दिने डिसिसिएमसीको निर्णय

बझाङ : कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि बझाङमा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन सञ्चालन केन्द्र (DCCMC) को बैठकले कोरोना संक्रमण दर तिव्र रुपमा बढेको र ज्यान गुमाउनेहरु पनि बढेको भन्दै थप कडाइ गरेको हो ।

 बैठकले अब जिल्लाभरका साना ठूला बजारका पसल शुक्रबारदेखि लागू हुनेगरि बिहान ६ बजे देखि ९ बजे र साँझ ५ बजे देखि ७ बजे मात्र खुलाउन दिने, जिल्लाका सबै स्थानीय तहले कम्तिमा २० सैय्यासम्मको आइसोलेसन वार्ड तत्काल स्थापना गरि सञ्चालनमा ल्याउने, कोरोना संक्रमण पुष्टि भइसकेपछि मृत्यु भएका व्यक्तिहरुको शव स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको रहोबरमा मृतकका आफन्तको समन्वयमा सम्बन्धित चिहानमा प्रचलित मापदण्ड अनुसार व्यवस्थापन गर्ने, काेभिडकाे समीक्षा गर्दा अति खतरनाक ढंगले संक्रमण बढीरहेकाे हुदा सबैले सचेतता अप्नाई आफू पनि बाँच्न र अरुलाई पनि बचाउन सहयाेगकाे सहयात्री बन्ने लगायतका निर्णय गरेको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै