नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिका - ७ मा सुवेडामा बाघ आतंक, ८ बाख्रा मार्‍यो, एक शक्त घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा बाघ आतंक बढेको छ । बाघले स्थानीय हिजो पानी काफल सामुदायिक वनमा चराउन लगेका ८ बाख्रा मारेको छ भने एक बाख्रालाई शक्त घाइते बनाएको छ ।

जयपृथ्वी नगरपालिका ७ का स्थानीय लोकबहादुर बम्मको ६ बाख्रा र जयप्रकाश बम्मको २ बाख्रा मारेको छ भने जयप्रकाश बम्मको एक बाख्रा शक्त घाइते बनाएको छ । बाघले तर्साउँदा लोकबहादुर बम्मको अझैं दुईवटा बाख्रा हराइरहेका छन् । यसअघि गत फागुनमा पनि बाघले एक बाख्रा खाएको थियो ।

पिडित लोकबहादुर बम्मका अनुसार आजभोली पानी काफल सामुदायिक वनमा दिनदाहडै बाघले बाख्रा मार्ने र मानिसलाई तर्साउने गरेको छ । बाघको आक्रमणबाट लोकबहादुर बम्म र जयप्रकाश बम्मको झण्डै साढे दुइ लाखको क्षति हुन गएको प्रहरीले जनाएको छ । पानीकाफल बनमा अहिले बढ्दो आतंकले त्यहाँका मानिसहरु त्रसित बनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै