नेभिगेशन
सुदूरपश्चिम

पत्रकार वसन्तप्रतापले गरे साइपाल हिमाल पुस्तक सार्वजनिक

पत्रकार वसन्तप्रताप सिंहको पुस्तक ‘साइपाल हिमाल' सार्वजनिक भएको छ । बिहीबार नेपाल पर्वतारोहण संघको बार्षिक साधारणसभामा सिंहको उक्त पर्यटकिय पुस्तक लोकापर्ण भएको हो । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

डेढ दशकयता पत्रकारितामा आबद्ध सिंहले बझाङमा बसेर सुदूरपश्चिम र कर्णाली क्षेत्रका सवालहरुमा गहन ढंगले कलम चलाउँदै आएका छन् । यस क्षेत्रको पर्यटन सम्भावना, चुनौती र अवसरहरुका बारे थुप्रै समाचार र आलेखहरु लेखिसकेका सिंहको पुस्तकले यस पर्वतिय पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ ।  २२ पटक साइपाल क्षेत्रको यात्रा गरिसकेका सिंहले अहिलेसम्मको यात्राका दौरान संकलन भएका तस्विरहरुमा साइपालको जनजिवन, संस्कृती, भुदृष्य र पर्वतारोहण सम्बन्धी विभिन्न जानकारी पनि पुस्ककमा समेटेका छन् ।

साइपाल गाउँपालिकाले बझाङ जिल्लाको कुल क्षेत्रफलको लगभग ४३ प्रतिशत (१,४६७.२७ वर्ग किमी) भू-भाग ओगटेको छ । क्षेत्रफलका आधारमा सम्भवत: यो नेपालकै ठूलो पालिका पनि हो । समुन्द्री सतहदेखि ७,०३१ मिटर उचाइमा रहेको साइपाल हिमाल सुदुरपश्चिम प्रदेशमा अपी हिमालपछिको दोस्रो अग्लो हिमाल हो । 

१३२ पृष्ठको पुस्तकमा साइपाल क्षेत्रको जनजिवन, संस्कृति, चाडपर्व, खानपान, रहनसहन, भू-दृश्य, हिमाली पर्यावरण र पर्वतारोहणलाई समेटिएको छ । हिमाल आरोहणमा रुची राख्ने विदेशीहरुलाई साइपाल चिनाउन लक्षित उनको पुस्तकमा साइपाल क्षेत्रको समग्र परिचय दिएको छ । साइपाल र सुदूरका हिमाल प्रति जिज्ञाशा राख्ने र जानकारी चाहानेहरुका लागि यो पुस्तक संग्रहणिय छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै