नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा नौराका स्थानीय लक्ष्मण कठायतका ७ वर्षिया छोरी सञ्जिला कठायतको ज्यान गएको हो भने उनका ११ वर्षिय छोरा सुदिपको अवस्था गम्भीर रहेको छ ।

बिहीबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएका उनको अवस्था गम्भिर भएपछि थप उपचारको लागि धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।  

लक्ष्मण कठायतका श्रीमती पुनी कठायत भने जिल्ला अस्पताल बझाङमा उपचार पश्चात घर फर्किएको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताउनुभयो ।

उनको अवस्था अहिले सामान्य रहेको छ । बुधबार राति घरमाथिको लेकबाट ल्याएको बिसालु जंगली च्याउ खाँदा लक्ष्मण कठायतका श्रीमती, एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामी भएका थिए । सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बिच बाटोमै ज्यान गएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै