नेभिगेशन
सुदूरपश्चिम

पुगरलेकस्थित मष्टा मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाइयो, महिलाहरुले श्रद्धापूर्वक घण्ट चढाए

जयपृथ्वी नगरपालिका वडा नम्बर २, ३ र ४ का बासिन्दाले आज पर्यटकिय स्थल पुगरस्थित मष्टा मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाएका छन् । पुगरको टुप्पोमा अवस्थित मष्टा मन्दिरमा मष्टा देवतालाई आआफ्नो गक्ष अनुसार दान, भेटी र बली दिएर भैंसी पूर्णीमा मनाएका हुन् ।

यसलाई यहाँका बासिन्दा भैंसीको पूजा गर्ने दिनका रुपमा सम्झने भएकाले भैंसी पूर्णिमा भनिएको मन्दिरका पूजारी कछी जोशीले बताउनुभयो । उहाँका अनुसार परापूर्वकालमा आफ्रेगडामा गोठालाले चराउन छोडेका भैंसी दानवले दय तालमा कब्जा गरेको र दानवलाई मष्टा देवता चलेर खेदेको हुँदा हरेक वर्ष भदौको जनै पूर्णीका दिन भैंसी पूर्णीमा मनाउन थालिएको हो । यस दिन मष्टा मन्दिरमा पूजा गर्दा मष्टा देवताले प्रसन्न भइ यहाँका स्थानीयका भैंसी फल्ने धार्मिक विश्वास रहेको छ ।

यसैबीच आज जयपृथ्वी नगरपालिका ३ का महिलाहरुले मष्‍टा मन्दिरमा घण्ट चढाएका छन् । आज जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का महिलाहरुले सदरमुकाम चैनपुर बजारमा जम्मा भइ बाजागाजाकासाथ चाभाइ र मागल गाउँदै पुगरलेकस्थित मष्टा मन्दिरमा चढाएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै