नेभिगेशन
सुदूरपश्चिम

यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नै नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत खटाउन सचिवस्तरीय निर्णय हुनुपर्ने भएता पनि मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सहसचिव हेमराज तामाङलाई शाखा अधिकृतसम्मको सरुवाको जिम्मेवारी प्रत्यायोजन गरेका छन् ।

मन्त्रालयका अनुसार अब प्रमुख प्रशासकीय अधिकृत रिक्त स्थानीय तहमा ४० भन्दा थोरै रहेको छ । यसैबीच मन्त्रालयले बझाङका स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत सम्हाल्ने गरि ५ जना शाखा अधिकृत खटाएको छ । जसमध्ये सिर्जना रेग्मी दुर्गाथली, हरिप्रसाद सुवेदी खप्तडछान्ना, कुमारी गोमती बोगटी बित्थडचिर गाउपालिका, श्रीदेव यादब तल्कोट गाउँपालिका र कृष्ण ठाकुर सुर्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ ।

नामवली र स्थानीय तह


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै