नेभिगेशन
सुदूरपश्चिम

थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो

समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी भन्ने नाराका साथ बालबिबाह तथा घरेलु हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रम थलारा गाउँपालिका २ मा सम्पन्न भएको छ ।

अस्थाइ प्रहरी पोष्ट थलारा २ बगाडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक मानबहादुर पालको नेतृत्व र शारदा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा निवर्तमान वडाध्यक्ष हेम खड्काको प्रमुख आतित्थ्यतामा बालबिबाह तथा घरेलु हिंसा सम्बन्धी जनचेतना मूलक नाराजुलुस र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 शारदा मावि दंगार्जी,  खापरदेव आधारभूत विद्यालय बगाडा र करबिर आधारभूत कफलकाँडाका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीसहित थलारा २ का भद्रभलाद्मी, समाजसेवी, जयपृथ्वी एफएम नेटवर्कका सहकर्मी देवेन्द्र सायर, स्वास्थ्य स्वयंम सेविका, अनमी लगायत ५०० जनाको उपस्थितिमा टोलटोलमा गइ बालबिबाह घरेलु हिंसा सम्बन्धी नाराजुलुस गर्दै खापरदेव आधारभूत विद्यालयमा कोणसभा कार्यक्रम गरिएको अस्थाइ प्रहरी पोष्ट थलारा -२ बगाडाका प्रहरी सहायक हवल्दार जगत खड्काले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै