नेभिगेशन
सुदूरपश्चिम

‘मध्यरातमा कोठाभित्र छिरेका अज्ञात व्यक्तिले आमाछोरालाई चक्कु प्रहार गरि मोबाइल लुटेर लगे’

बझाङ सदरमुकाम चैनपुरमा गयराति सुतिरहेका आमा र दुई छोरामाथि अज्ञात व्यक्तिद्धारा चक्कु प्रहार भएको छ ।

सुर्मा गाउँपालिका ३ घर भइ हाल सदरमुकाम चैनपुरस्थित सुर्माटोलमा कोठा भाडामा लिएर बसिरहेका कलक बिक ‘चौगाईँ’ का श्रीमती २७ वर्षीया सुनिता बिक, छोराहरु ७ वर्षीय आदित्य बिक र ४ वर्षीय आबेल बिकमाथि गयराति चक्कु प्रहार भएको हो ।

चक्कु प्रहारबा६ घाइते तीनै जनालाई जिल्ला अस्पताल लगेर उपचार भइरहेकाे र उनीहरूको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

कलक बिक काम शिलशिलामा हाल काठमाडौंमा रहेका बेला मुखमा मास्क लगाएर मध्यराति कोठाभित्र छिरेका अज्ञात व्यक्तिले उनकी श्रीमति र दुई छोरालाई चक्कु प्रहार गरि एउटा एनरोइड मोबाइल लुटेर लगेको पिडितको भनाई छ । 

‘आक्रमणकारीले आफ्नो पहिचान लुकाउन मास्क लगाएका थिए । सुतिरहेका बेला सबैलाई चक्कु प्रहार गर्दै मोबाइल लुटेर लगे ’ घाइते श्रीमतीलाई उद्धृत गर्दै विकले भने ।

‘चैनपुरजस्तो सानो बजारमा पनि मान्छेहरु घरभित्र असुरक्षित हुने कुराले सबै टोलबासी त्रसित भएका छन् । मेरो व्यक्तिगत कोहीसँग पनि केही दुश्मनी छैन । यदि मेरो ब्यवहारबाट कसैलाई केही चोट परेको छ भने कृपया मसँग कुरा गर्न सकिन्छ, परिवासँग नलाग्न विनम्र अनुरोध गर्दछु ।  म अहिले कामको शिलशिलामा काठमाडौं रहेकाले  बालबच्चाहरु सुतेको अवस्थामा यो घटेको छ । अपराधीलाई चाडोभन्दा चाँडो खोजी गरि कानुनी दायरामा ल्याएर कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बझाङलाई अनुरोध गर्दछु । अन्यथा म आफ्नो परिवारको निम्ति जस्तो सुकै परिस्थितिको सामना र प्रतिकार गर्न तयार हुनेछु ।’ विकले सामाजिक सञ्जालमा लेखेका छन् । 

घटना घटेको केहिबेरदेखि आफूसहितको टोली अनुसन्धानमै रहेको डिएसपी तथा बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीले बताए । डिएसपी भण्डारीका अनुसार आक्रमणमा प्रयोग भएको चक्कु बिककै भान्साकै रहेको पाइएको छ । ‘घटना शंकास्पद रहेकाले हामी गहिरिएर अनुसन्धान गरिरहेका छौं ।', डिएसपी भण्डारीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै