नेभिगेशन
सुदूरपश्चिम

विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न हिडेको डाक्टरको टोली साइपाल पुग्यो

धलौन माध्यमिक विद्यालय साइपाल- १ का विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न चैनपुरबाट हिडेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टरको टोली धलौन पुगेको छ । साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा लामा तामाङ, निमित्त प्रमुख प्रशासकिय अधिकृत राधाकृष्ण जोशी र डाक्टरसहितको टोली सोमबार धलौन पुगेको छ । 

साइपालको धलौन माध्यमिक बिद्यालय र अन्य बिद्यालयका छात्राहरुमा रुने, कराउने लगायतको समस्या देखिन थालेपछि काठमाडौं मानसिक रोग विशेषज्ञ डाक्टरहरुको टोली जिल्लामा पुगेको थियो । असारको तेस्रो साताबाट छात्राहरुमा टाउको दुख्ने, खुट्टा झमझम हुने, रुने, कराउने र बेहोस हुने समस्या देखिएपछि स्वास्थ्यकर्मीहरुले मास हिस्टेरियाको लक्षण रहेको बताएको थियो । 

यो समस्या रोकथाम तथा नियन्त्रणका लागि वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर निराजन भट्टराइ र वरिष्ठ आयुर्बेद चिकित्सक डा खगेन्द्र बम सहितको टोली काठमाडौंबाट चैनपुर हुँदै साइपाल पुगेको छ। समस्या देखिएका विद्यालयमा भोलीदेखि उपचार तथा परामर्श गर्ने त्यहाँबाट टोलीसँगै सहभागी पत्रकार रमेश सिंहले बताउनुभयो । उहाँका अनुसार डाक्टरहरुको टोली केही दिन साइपालमै बसेर पिडित विद्यार्थी, सम्बन्धित विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसँग परामर्श गर्नेछन् । धलौन माध्यमिक विद्यालयका छात्राहरु कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि पठन पाठनसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै