नेभिगेशन
सुदूरपश्चिम

प्रजिअ पाण्डेयद्धारा घरमै पुगेर नागरिकता प्रदान, ८९ वर्षमा नागरिकता पाउँदा वृद्धा खुशी

बझाङमा एक वृद्धाले ८९ वर्षको उमेर मात्रै नागरिकता प्राप्त गर्नुभएको छ। जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा रहेको मष्टा गाउँपालिकास्थित भातेखोला गाउँकी गिठीदेवी जोशी ८९ वर्षमा नागरिकता पाउनुभएको हो । उहाँलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिनुभएको हो । 

आफ्नी आमाले अहिलेसम्म नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । 


मष्टा गाउँपालिका–३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याउनुभयो। जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याएका थियो। तर, उहाँबाट सन्तान भएनन्। जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिनुभएको थियो गौरीलाल। उहाँ अहिले ६१ वर्षको हुनुभयो।

गौरीलालले २०४२ सालमै नागरिकता लिनुभयो। गौरीलालका छोरा छोरीले पनि नागरिकता लिइसकेका छन्। कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाउनुभएन। पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ। 

उहाँले भन्नुभयो, ’सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो। अरू आवश्यकता केही भएन। त्यसैले बनाउन पाइएन।’ गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उनीहरूले घरमै आएर नागरिकता दिएका गौरीलालले बताउनुभयो। 

पाण्डेय बझाङमा आएपछि जिल्ला प्रशासन कार्यालय बझाङले साइपाल, छबिसपाथिभेरा लगायतका ठाउँका नागरिकलाई घरमै पुगेर नागरिकता दिइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै