नेभिगेशन
सुदूरपश्चिम

नेपाली आकाशमा बारम्बार हेलिकप्टर उडाउँदै भारत, पत्राचार गरेपनि आएन जवाफ

नेपाली आकाशमा भारतीय पक्षले अनधिकृत रुपमा तारन्तर हेलिकप्टर उडाइरहेको पाइएको छ। नेपाली प्रशासनसँग समन्वय नै नगरेर एकलौटी ढंगले दार्चुलास्थित नेपाली आकाशमा भारतीय पक्षले तारन्तार हेलिकप्टर उडाइरहेकोे हो।

केही दिनयता दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाइरहेको महाकाली नगरपालिका–५ का स्थानीय धनसिंह कार्कीले जानकारी दिए। ‘५/६ दिन भयो, भारतीय हेलिकप्टर खलंगाको आकाशमा फन्को लगाएर जान्छ,’ उनले भने, ‘सरकारी अड्डामाथि हेलिकप्टरले फन्को लगाउँछ।’

भारतीय पक्षले नेपाली आकाशमा हेलिकप्टर उडाउनका लागि नेपाली प्रशासनसँग कुनै समन्वय गरेको छैन। भारतीय पक्षले नेपाली आकाश प्रयोगका लागि कुनै औपचारिक जानकारी नगराएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपसिंह धामी बताए।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई वर्षअघि तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीको खोजीका लागि नेपाली प्रशासनलाई नदीमा ड्रोन समेत चलाउन दिएको थिएन।

दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षले पटक पटक बलमिचाइँ गर्दै आएको छ। यसअघि पनि धेरै पटक नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले दार्चुलाको आकाशमा हेलिकप्टर उडाएको थियो।

बिना जानकारी नेपाली आकाशमा भारतीय पक्षले हेलिकप्टर उडाएपछि दार्चुला प्रशासनले लिखित आपत्ति जनाएको छ। भारतीय प्रशासनलाई पत्राचार गर्दै अनुमतिबिना नेपाली आकाशमा हेलिकप्टर किन उडाएको भनेर जवाफ मागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।

२० साउनमा भारतीय प्रशासनलाई पत्राचार गरेपनि अहिलेसम्म त्यसको जवाफ नआएको उनले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै