नेभिगेशन
सुदूरपश्चिम

बझाङमा स्थानियहरु मिलेर एक दलित परिवारको निर्माणाधिन घर भत्काए

बझाङ,   बझाङमा एक दलित परिवारको स्थानियहरु मिलेर निर्माणाधिन अवस्थामा रहेको घर भत्काएको छ । बझाङको वित्थडचिर गाउँपालिका–७ स्याल ढुंगामा पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानियहरु मिलेर भत्काएको पिडित पुड्के ओखेडाले बताउनुभयो । साउन १० गते घर निर्माण स्थलमा आएर स्थानियहरुले घरको ढोका, ढुंगा उटेलेर (निकालेर) फालेको ओखेडाको भनाई छ । ‘२५ बर्ष देखि त्यो जमिन हामीले भोकचलन गर्दै आएका छौ । त्यो जमिनको लालपुर्जा  हामी संग छ ।

…,दलितहरु तिमीहरुले सार्वजनिक जग्गामा घर लाउन पाइदैन भनेर गैर दलित गाउँलेहरु सबै आएर घर भत्त्काउनुका साथै खेतमा लगाएको अन्नवाली पनि काटेर लिएको उहाँले बताउनु भयो ।

अहिले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरेर ओखेडा सपरिवार न्याएका लागि सदरमुकाम चैनपुरमा पुगेका छन् । घरलगाउनु अगाडि पनि जग्गाको विषयमा विवाद भएर न्यायिक समितीमा पुगेको भन्ने जानकारी आएको र स्थानियहरुलाई जिल्लामा बोलाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । यता वित्थडचिर गाउँपालिका– ७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले उक्त विवाद उत्पन्न भएको र त्यसैको माधानको लागि छलफल गर्न सदरमुकाम चैनपुरमा आएको बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै