नेभिगेशन
सुदूरपश्चिम

नेपाल निजामती कर्मचारी संगठनद्धारा जिल्ला अस्पताल बझाङका विरामीलाई फलफूल वितरण

बझाङ ;  नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मिति दिवस मनाएको छ । दिवसको अवसरमा शुक्रबार जिल्ला अस्पताल बझाङमा रहेका  बिरामीहरुलाई फलफूल वितरण तथा संगठनको कार्यलयमा वृक्षारोपण कार्यक्रम गरीएको हो ।

शुक्रबार जिल्ला अस्पतालका २५ जना बिरामिहरुलाई फलफुल वितरण गरेको संगठनका जिल्ला उपाध्यक्ष भिम बहादुर बोहराले बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला उपसचीव सुरत बहादुर सिंह रहनुभएको थियो । यस्तै  प्रदेश इन्चार्ज प्रकाश खड्का, जिल्ला इन्चार्ज लक्ष्मी रावल, जिल्ला अध्यक्ष दिनेश बहादुर धामी, सहकारीका अध्यक्ष राधाकृष्ण जोशी र अन्य प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

जिल्ला अध्यक्ष धामीका अनुसार कर्मचारीको हकअधिकारको आन्दोलनमा ज्यान गुमाउने सहिदलाई सम्झिदै उहाँले देखाएको सहि बाटोमा लाग्नुपर्ने बताउनुभयो । कर्मचारी संगठनले अहिलेसम्म आफ्नो पेशागत हकहितबारे आवाज उठाउनुका साथै सामाजिक कार्यक्रममा पनि जोड दिएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै