नेभिगेशन
सुदूरपश्चिम

बझाङमा हाइड्रोपावरको केमिकल बोकेको जिप दुर्घटना

बझाङमा हाइड्रोपावरको केमिकल बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको तल्कोट गाउँपालिका -१ सुनिकोट मोडमा चैनपुर सेती हाइड्रोपावरको केमिकल लगेर गएको जिप दुर्घटना भएको हो ।

मोडमा अनियन्त्रित भएर खसेको बा १० च ७२४३ नम्बर जीपमा यात्रु सवार नरहेको र  चालकले हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

चालक शान्तीनगर -६ दाङका ३६ वर्षीय उमाशंकर बोगटी रहेको प्रहरीको भनाई छ ।  दुर्घटनामा परेको जीप टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै