नेभिगेशन
सुदूरपश्चिम

बुंगलका १ सय ३ जना महिलालाई सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम 

बझाङको बुंगल नगरपालिकामा तीन वटा वडामा सेनेटरी प्याड निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

यूएमएनको आर्थिक सहयोग  र दलित सहयोग समाजको आयोजनामा नगरपालिकाका वडा नं ९, १० र ११ मा २ दिने तालिम सम्पन्न भएको प्रशिक्षक रमिता सिंहले जानकारी दिनुभयो । 

एक वडामा २ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा एक वडाबाट ३५ जना महिला गरी तीन वडाबाट जम्मा १०५ जना महिनावारी हुने उमेरका महिलाहरूलाई कपडाको घरेलु सेनेटरी प्याड बनाउन सक्षमता तालिम दिइएको आयोजकले जनाएको छ ।  

तालिममा महिनावारी स्वच्छता तथा सेनेटरी प्याड निर्माण लगायत सरसफाइको बारेमा पनि स्थानिय महिलाहरुलाई जानकारी गराएको प्रशिक्षक सिंहले बताउनुभयो । 

समान व्यवहार (EVE) परियोजना अन्तर्गत तालिम प्रदान गरिएको आयोजक दलित सहयोग समाजले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै