नेभिगेशन
सुदूरपश्चिम

बाढीपहिरोले पावर हाउँस बगाउदा बिधुत अवरुद्ध ।

लगातारको वर्षाका कारण गएको पहिरोले केदारस्युँ –८ मा रहेको एक पावर हाउँसमा पुर्ण रुपमा क्षति पुर्याएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर–८ गण्डकी बजारमा रहेको गण्डकी गाड लघुजल बिधुतको पावर हाउँसमा लगातारको वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुयाएको हो । यो भन्दा अघिल्लो सालमा पनी पावर हाउँसको भवन सोहि खोलाले पुर्णरुपमा बगाउदा लामो समय बिधुत अवरुद्ध भएको थियो । यो साल पनी फेरी खोलाका बाढी आउँदा पावरहाउसको भवनमा क्षती पुगेर विद्युत सेवा अवरुद्ध भएको छ ।

केदारस्युँ –८ नम्बर वडा मात्रै नभएर दुर्गाथली गाउँपालिका –६ का समेत दुई तिन टोलहरु लाभान्भित रहेको विद्युत अवरुद्य हुँदा ६७८घर परिवार अन्धकारमा बस्न बाध्य भएका वडा अध्यक्ष सुरेश बहादुर जेठारा ले जानकारी दिनु भयो । स्थानीयका अनुसार गण्डकी खोला आसपासका केहि खुद्रा पसल, पानीघट्ट, नहर, खोनेपानी र खेतहरु पनी बाढीले  बगाएका छन । उक्त वडाकै तलखेत घडायन  गरी जम्मा २५ वोट घर जोखीम मा रहेको स्थानीय  वीर बहादुर बोहराले बताउनु भयो ।

दूनीधारीमा वीर बहादुर बोहरा को   घर को तलबाट पहीरो खस्दा घर उच्च जोखिममा रहेको र उक्त वडाकै सूकानाउला धारी खेती सीलङगी गाउ पनि उच्च जोखीममा परेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै