नेभिगेशन
सुदूरपश्चिम

मनसुनजन्य विपदबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यलय बझाङको अनुरोध ।।

जिल्ला प्रशासन कार्यालय बझाङले मौसम जन्य बिपदबाट सुरक्षित रहन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सुचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार गण्डकी र सुदुरपश्चिम प्रदेशमा केही दिनसम्म भारी तथा मध्यम निरन्तर वर्षाको सम्भावना रहेकाले नदी खोलाहरुको सतह बढ्न सक्ने र पहिरोको समेत जोखिम हुन सक्ने भएकाले नदी खोला तटीय क्षेत्र तथा पहिरोको जोखिम भएको क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

प्रशासनले सुचनामा आफु नजिकका प्रहरी यूनिट र स्थानीय तहसँग समन्वय गरी सुरक्षित रहनहुन तथा वर्षातको समयमा नदी, खोला, तटीय क्षेत्र र पहिरो जोखिम क्षेत्रहरूमा नजान हुन समेत अनुरोध छ । यसैबिच सुचनामा जिल्लामा विपदबाट कुनै घटनाहरु घटे तत्काल प्रहरीको निशुल्क नम्बर १०० मा सम्पर्क गरेर जानकारी गराउन पनि भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै