नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ–८ मा बिद्युत सेवा अबरुद्ध,स्थानियहरु अध्याँरोमा बस्न बाध्य ।।

 

लगातारको वर्षाका कारण गएको पहिरोले केदारस्युँ –८ मा रहेको एक पावर हाउँसमा पुर्ण रुपमा क्षति पुर्याएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर–८ गण्डकी बजारमा रहेको गण्डकी गाड लघुजल बिधुतको पावर हाउँसमा लगातारको वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुयाएको हो । यो भन्दा अघिल्लो सालमा पनी पावर हाउँसको भवन सोहि खोलाले पुर्णरुपमा बगाउदा लामो समय बिधुत अवरुद्ध भएको थियो । यो साल पनी फेरी खोलाका बाढी आउँदा पावरहाउसको भवनमा क्षसत पुगेर विद्युत सेवा अवरुद्य भएको छ ।

केदारस्युँको –८ नम्बर वडा मात्रै नभएर दुर्गाथली गाउँपालिका –६ का समेत दुई तिन टोलहरु लाभान्भित रहेको विद्युत अवरुद्य हुँदा स्थानियहरु अहिले अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीयका उक्त गण्डकी खोला आसपासका केहि खुद्रा पसल, पानीघट्ट, नहर, खोनेपानी र खेतहरु पनी बाढीले लगेको छ बगाएका छन । उक्त वडाकै दूनीधारीमा वीर बहादुर बोहरा लगाएतका  घरहरु पनि उच्च जोखिममा परेका छन् ।

पहिरोले खानेपानीका मुहान सहित बगाएपछि बोहारा परिवारलाई खानेपानीको निकै समस्या भएको छ । त्यस्तै बुंगल नगरपालिका १ गोईचन गाउँको  खानेपानिको मुहानको टेङ्कि सहित बिधालयको खानेपानि टेङ्कि बगायर गाउँमा पानीको सारै समस्या भएको छ । बर्षाले वडा कार्यालय ,स्वास्थ्य चौकी , स्थानीय बजार जाने बाटो  बगायर ८० भन्दा बढी घरपरिवार लाई समस्या परेको स्थानिय राम बोहराले बताउनु भयो । खानेपानिको मुहान नै बगाएपछि अहिले गाउँमा खानेपालिको समस्या भएको र  गाउँ भन्दा एक घण्टा टाढाबाट पानी बोकेर खानु पर्ने भएपछि स्थानियलाई सास्ती भएको छ।

साथै  बाढीले पौडी देखि गोइचन मराड पर्यटन सडक पनि बगाको छ । खाने पानीको समस्या समधानका लागि बङ्गल नगरपालिका  र बडा कर्यालयलाई जानकारी गराएको भएपनि अहिले सम्म सुनुवाई नभएको बताइएको छ । हिजोआज सेती नदी लगाएत अन्य सानाठुला खोलाहरुमा नदीको बहाव उच्च भएपछि स्थानियहरु त्रसित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै