नेभिगेशन
सुदूरपश्चिम

लामो दुरीको बस भाडा घट्यो,

ट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।
स्वचालित प्रणालीअनुसार आइतबार रातिदेखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो। 

सोहीअनुरूप विभागले यात्रुवाहक सवारीसाधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ। यस्तै मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव शून्य ९ प्रतिशतले भाडा घटेको छ। ६८८ किलोमिटर दुरी काठमाण्डौँ–धनगढीको भाडा एक हजार ८ सय ९९ रुपैयाँबाट घटेर एक हजार ८ सय ५९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै काठमाण्डौ–सितागढी–साँफेबगर ८ सय ९९.६ किलोमिटरको भाडा दुई हजार ६९३ रुपैयाँबाट घटाएर दुई हजार ६३६ कायम गरिएको छ।

काठमाण्डौँ–महेन्द्रनगर ६९५ किलोमिटरको भाडा एक हजार ९ सय १५ रुपैयाँबाट घटाएर एक हजार ८ सय ७४ रुपैयाँ कायम गरिएको छ। काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा ७७३ किलोमिटरको भाडा दुई हजार दुई सय ३८ रुपैयाँबाट घटाएर दुई हजार एक सय ९० रुपैयाँ, काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा–बैतडी ८६४ किलोमिटरको भाडा दुई हजार पाँच सय ६४ बाट घटाएर दुई हजार पाँच सय १० रुपैयाँ, धनगढी–जनकपुर ७६३ किलोमिटरको भाडा दुई हजार ४७ रुपैयाँबाट घटाएर दुई हजार चार रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै