नेभिगेशन
सुदूरपश्चिम

अध्यक्ष रोकायाले गरे भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणका लागि आर्थिक सहयोग

 बझाङ :- बझाङको थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पसका संचालन समिति अध्यक्ष कृष्ण बहादुर रोकायाले भुकम्पबाट प्रभावित भवन निर्माणका लागि आर्थिक सहयोग गर्नु भएको छ ।
थलारा गाउँपालिका-६ पिखेत घर भएका रोकायाले थलारा गाउँपालिका – ५ मा रहेको थलारा माध्यमिक विद्यालयको भुकम्पबाट प्रभावित भएको भवन निर्माणका लागि ५१ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो । उहाँले आज विद्यालयको नाममा रहेको खातामा उक्त रकम जम्मा गरेको बताए ।

२०२६ सालमा स्थापना भएको विद्यालयका संस्थापक स्वर्गीय बाजे गिरी रोकायाको सम्झनामा उक्त आर्थिक सहयोग गरिएको रोकायाले बताए । उहाँले भने उक्त विद्यालय भुकम्पले छेदविच्छेद भएको छ, अहिले जनस्तरबाट निर्माण हुन लागेको नयाँ भवनका लागि आर्थिक सहयोग गरेको हु ।
थलारा माध्यमिक विद्यालयले यसअघि नै व्यवस्थापन समितिको बैठकबाट भवन निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान चलाएको थियोे । उक्त अभियानबाट अहिलेसम्म साढे ५ लाख रकम सम्म संकलन भएको प्रधानाध्यापक शेरबहादुर चौहानले जानकारी दिनु भएको छ । भवन निर्माणका लागि अहिलेसम्म भएको सहयोगमा सबैभन्दा बढी रोकायाले गर्नु भएको छ । अहिले विद्यालयको नयाँ भवन निर्माणको कार्य भइरहेको छ ।
यसअघि संस्थापक स्वर्गीय रोकायाको नाममा विद्यालयमा ३ लाखको गिरी रोकाया स्मृति अक्षयकोष स्थापना गरिएको थियोे । उक्त अक्षयकोषबाट गरिब बिपन्न दलित विद्यार्थीलाई सहयोग गरिदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै