नेभिगेशन
सुदूरपश्चिम

नवीकरणमा नआउने सुदूरपश्चिमका(१५ क्याम्पसलाई कारबाही गर्दे त्रिवि,

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका सुदुरपश्चिमका १५ क्यामपस सहित देशका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ।

जस अनुसार सुदुरपश्चिमका १५ कलेज खारेज पर्नेमा कैलालीको धनगढी –५ मा रहेको पश्चिम सेती कलेज, नारायणपुर–८ सेतीस्थीत कर्णाली बहुमुखी क्याम्पस, कञ्चनपुर सुडामा रहेको घटाल बहुमुखी क्याम्पस,शिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, कञ्चनपुर –२ को उदय सरस्वती क्याम्पस,भारिती कलेज महेन्द्रनगर रहेका छन् ।

यस्तै डोटीको छतिवन– २ बुडरमा रहेको छहरा क्याम्पस, दिपायल क्याम्पस सिलगढी, अछामको जनता बहुमुखी क्याम्पस भागेश्वर, बझाङ्गको खपरदेव क्याम्पस कालुखेती छान्ना, शान्तीदिप बहुमुखी क्याम्पस कुश्मी सेरा, डडेल्धुरा –५ अमरगढीमा रहेको माउन्टेन महुमुखी क्याम्पस, बैतडीको निग्लाशैनी क्याम्पस देहीमाण्डु,रौलाकेदार बहुमुखी क्याम्पस रौलेश्वर, शंकर बहुमुखी क्याम्पस मुलखर्ली को खारेजीको प्रक्रिया अघि बढेको हो। तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने योजना निर्देशनालयका निर्देशक ध्रुवकुमार गौतमले बताए ।
दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको खारेजीको प्रक्रिया थालेको हो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै