नेभिगेशन
सुदूरपश्चिम

डोटीमा जिल्ला समन्वयको गाडी दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित तीन घाइते

 डाेटिमा भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

बुधवार साँझ डोटीको आदर्श गाउपालिका २ मौवास्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । मौवा देखि सायलतर्फ जाँदै गरेको जिप दुर्घटना भएको थियो ।

आदर्श गाउपालिका १ बस्ने बर्ष ४२ का बिर बहादुर खड्काले चलाएको बा १ झ ९४३९ नम्बरको जिल्ला समन्वय समिति डोटीको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । 

उक्त गाडीमा सवार आदर्श गाउपालिका १ बस्ने बर्ष ६५ की हिरा खड्काको घट्नास्थलमा मृत्यु भएको छ भने चालक सहित सोही ठाउका टेक बहादुर तिरुवा र रबिन्द्र सुनार घाईते छन् ।

उनीहरूको मौवा स्वाथ्य चौकीमा उपचार भईरहेको छ । घटना भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिई  उद्वार गर्नुका साथै थप अनुसन्धान भईरहेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै