नेभिगेशन
सुदूरपश्चिम

परिवर्तनशिल बाल क्लबको अगुवाइमा पाण्डु माविमा गरियो वृक्षारोपण

परिवर्तनशिल बाल क्लब जयपृथ्वी नगरपालिका -३ पडेशको आयोजनामा आज वृक्षारोपण गरिएको छ । क्लबले आज जयपृथ्वी नगरपालिका -३ पडेशस्थित पाण्डु मावि पडेशको प्राङ्गणमा वृक्षारोपण गरेको हो । क्लबले बैस, पिपल र फूल प्रजातिका विभिन्न बोटविरुवाको वृक्षारोपण गरेको हो । 

क्लबले वृक्षारोपण गर्दा विद्यालयको वातारण सफा हुने र वनजंगल जोगाउनुपर्छ भन्ने सन्देश जाने बताएको छ । क्लबकी अध्यक्ष अन्तिमा खड्काले भनिन्,  'वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्दछ ।'

 

क्लबकी अध्यक्ष अन्तिमा खड्काको अगुवाइमा गरिएको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा पाण्डु मावि पडेशका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंग खड्का रहनु भएको थियो भने विशिष्ट अतिथि पाण्डु माविका निमित्त प्रधानाध्यापक जन्मजय जोशी रहनुभएको थियो । कार्यक्रममा भर्खरै एसइइ दिएका र अध्ययनरत विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

विगतमा पनि विभिन्न समाज सेवा मूलक काम गर्दै आएको परिवर्तनशिल बाल क्लवले समाजव परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

 यस्तै अतिथिहरु पाण्डु माविका शिक्षक नारायण सोती, प्रेमराज जोशी, उत्तम साउँद र पडेशका युवा समाजसेवी पवन खड्का रहनुभएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै