नेभिगेशन
सुदूरपश्चिम

छबिसपाथिभेरा गाउँपालिकाले पनि ल्यायो नयाँ एम्बुलेन्स

छबिसपाथिभेरा गाउँपालिकाले पनि पालिकाका बिरामीको सहजताका लागि एम्बुलेन्स ल्याएको छ । गाउँपालिकाले खरिद गरि ल्याएको एम्बुलेन्स धनगढी आइपुगेको र केही दिनमै बझाङ पुग्ने पालिकाले जनाएको छ । 

नेपाल सरकारको ५० प्रतिशत अनुदान र गाउँपालिकाकाको २० लाख बढीको लागतमा एम्बुलेन्स पालिकामा भित्रिन लागेको गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले बताउनुभयो । सदरमुकाम चैनपुर तथा जिल्ला अस्पतालबाट विमुख रहेको छबिसपाथिभेराका केही वडा निकै दुर्गम भएकाले सुत्केरी विरामीहरु उपचार सेवा सहजै नपाउने अवस्था छ । 

एम्बुलेन्स आएपछि अब पालिकाभित्र सुत्केरी, बिरामीले उपचार सेवा पाउन सहज हुने अध्यक्ष चलाउनेको भनाई छ । केही समय अगाडी थलारा गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरि ल्याएको थियो ।

बझाङका पालिकालाई सुदूरपश्चिम सरकारले दिएका एम्बुलेन्समा समस्या देखिएपछि विकल्पका रुपमा नयाँ एम्बुलेन्स खरिदमा ध्यान जान थालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै