नेभिगेशन
सुदूरपश्चिम

फाइबर ब्रेक हुँदा बझाङमा इन्टरनेट र फोन सेवा प्रभावित

बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल टेलिकमको डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन अन्तर्गत खोड्पेदेखि झलाल्लाबीचको फाइबर ब्रेक हुँदा सेवा आंशिक ररुपमा प्रभावित भएको हो । पानी परेर विद्युत पोल ढल्दा फाइबर ब्रेक भएको नेपाल टेलिकम बझाङ शाखाले जनाएको छ ।

फाइबर ब्रेक हुँदा बझाङमा फोन गर्दा आवाज नसुनिने, काटिने र इन्टरनेट सेवा नचल्ने समस्या देखिएको छ । डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन सानो विद्युत पोल र लामो दुरी भएका कारण समस्या दोहोरिरहेको नेपाल टेलिकम बझाङ शाखा प्रमुख बमबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार ब्रेक भएको फाइबर जोड्ने प्रयास भइरहेको छ । फाइबर ब्रेक हुँदा बझाङमा पुरानै रेडियो सिस्टम (वायरलेस) आंशिक रुपमा सेवा प्रदान भइरहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै