नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक महिला मृत फेला

बझाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाकोे थलारा गाउँपालिका – १ आर्सेबगर स्थित सेतीनदि किनारमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निररिक्षक रमेशदत्त अवस्थिले बताउनुभयो ।


केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको सिमाना नजिकै सेती नदी किनारमा अन्दाजी २८/३० वार्षीया महिलाको शव फेला परेको उहाँले बताउनुभयो । शवलाई आज सोमबार दिउँसो स्थानियहरुले देखेपछि जिल्ला प्रहरी कार्यलय बझाङबाट प्रहरी टोली घटनास्थल तर्फ गएको हो ।

महिलाको शव सडेको र नचिनिने अवस्थामा नदी किनारबाट निकालिएको थियो । मृतक महिलाको पहिचान अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थिले बताउनुभयो ।

अहिले घटनास्थलबाट मुचुल्का बनाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत ल्याइएको बताइएको छ । उक्त शवको पहिचान हुन आएमा मृतकका आफन्तलाई जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क गर्नहुन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै