नेभिगेशन
सुदूरपश्चिम

बझाङको केदारस्युँ गाँउपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा

बझाङ : केदारस्युँ गाँउपालिकाले कृषिजन्य सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु, फलफुल तरकारी र  रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि गाँउपालिकाले ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएकोे हो ।

किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, तथा रैथानेबाली तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनका पालिका भित्र निशुल्क गाडी परिचालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष मनिसा धामिले बताउनुभयो  ।

उहाँका अनुसार किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रूपमा बिक्री तथा ढुवानीका लागि वातावरण मिलाउने तथा पालिका भित्रका विभिन्न वडाका गर्भवती महिला र आकस्मिक हुने दुर्घटनाका लागि समेत निःशुल्क सेवा दिनका लागि यस्तो निर्णय गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै