नेभिगेशन
सुदूरपश्चिम

छबिसका एकल दलित तथा विपन्न महिलालाई बाख्रा उपहार

छबिसपाथिभेराका २२ जना एकल दलित तथा विपन्न महिला असार १९ गते मंगलबार गाउँपालिका सभाहलमा जम्मा भए । उनीहरुका लागि प्रगतिशिल दलित अधिकार सञ्जाल छबिसपाथिभेराले बाख्रा वितरण गर्ने कार्यक्रम राखेको थियो । दलितहरुका कार्यक्रमका लागि छबिसपाथिभेरा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० लागि छुट्याएको १५ लाख रकममध्येबाट ६६ वटा बाख्रा खरिद गरिएका थिए । ती बाख्रा केहीबेरको सभाहलमा भएको औपचारिक कार्यक्रमपछि चिठ्ठा विधिबाट एक महिलाई तीन बाख्राका दरले वितरण गरिएको थियो । 

बाख्रा पाएपछि आफूहरुलाई धेरै राहत महशुस भएको र गाउँपालिकाले आफूहरुको पिडा बुझेको भन्दै छबिसपाथिभेरा गाउँपालिका ४ कि सरिता दर्जीले कार्यक्रममै खुशी व्यक्त गर्नुभयो। उनी दुई छोराछोरीका साथ संघर्षपूर्ण जीवन बिताइरहेकी एकल महिला हुन् । उहाँले बाख्रा खोर नभएकाले खोर पनि नभएकाले स्थानीय सरकारलाई बाख्रा खोर बनाइदिन पनि गुहार्नुभयो । यस्तै छबिसपाथिभेरा ३ की राइकलादेवी सुनारले पनि बाख्रा पाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिदै भन्नुभयो,'पहिला दलितका लागि कति बजेट छ ? कहाँ कसरी खर्च भयो हुँदैन थियो । अहिलेको सरकारले मेरो भविस्य बनाइदिन लाग्यो । म अब तनमन लगाएर बाख्रा पालेर गुजरा चलाउन्छु ।'

पालिकाभित्र दिनदु:खी पिडित तथा गरिब महिलाहरु धेरै भए पनि दलित एकल तथा विपन्न महिलाको अवस्था अझ गएगुज्रेको हुँदा प्रगतिशिल दलित अधिकार सञ्जाल छबिसपाथिभेराले उनीहरुको जिविकोपार्जनमा सहजताका लागि बाख्रा उपहार दिएको सञ्जालका अध्यक्ष कृष्णबहादुर शार्कीले जानकारी दिनुभयो । अध्यक्ष शार्कीले गाउँपालिकाले छुट्याएको १५ लाखले ६६ वटा बाख्रा खरिद गरि गाउँपालिकाभित्रका एकल दलित तथा विपन्न २२ जना महिलालाई वितरण गरेको, प्रत्येक वडाबाट २ जना गरि ७ वटा वडाका १४ जनालाई उत्कृष्ट दलित विद्यार्थीलाई १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको, पालिकाभरका उत्कृष्ट दलित विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको, ३१ जना अनाथ असहाय बालबालिकालाई आर्थिक सहयोग गरेको, बाख्रापालन तालिम प्रदान गरेको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले बिउको रुपमा मात्र बाख्रा वितरण गरिएकोले यसले जिकोपार्जनमा धेरै टेवा पुग्ने भन्दै व्यवसायिक रुपमा अगाडी बढ्न लाभग्राही एकल महिलालाई सुझाउनुभयो । गाउँपालिकाबाट केहि पनि पाएन भन्ने गुनासो गर्नुभन्दा पनि इच्छाशक्तिको खाँचो रहेकाले आफनो दायित्व निर्बाह गर्दै व्यवसायिक ढंगले अगाडि बढ्न पनि अध्यक्ष चलाउनेले आग्रह गर्नुभयो । 

बाख्रा वितरणसँगै पालिकाले अनुगमन गर्ने भएकाले राम्रो गर्नेलाई फेरि पनि आर्थिक आय आर्जनका लागि पालिकाले सहयोग गर्ने पनि चलाउनेले बताउनुभयो । बाख्रा बुझ्दै एकल दलित तथा विपन्न महिलाहरुले बाख्रा बितरणसँगै खोरको व्यवस्थापनमा पनि सहयोग गरिदिए सहज हुने बताएका छन् । 

प्रगतिशिल दलित अधिकार सञ्जालमा अध्यक्ष कृष्ण बहादुर सार्किको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बसन्त चलाउने, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहरा र अतिथिहरु प्रमुख प्रशासकिय अधिकृत गगनबहादुर ऐडी, कार्यपालिका सदस्य लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै