नेभिगेशन
सुदूरपश्चिम

सुवेडा बजारका एक दर्जन पसलबाट हजारौं मुल्यका अखाद्य पदार्थ बरामद,  खड्केतोलाका व्यापारी भने पसलमा ताला लगाएर फरार

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा आइतबार जयपृथ्वी नगरपालिका - ७ सुवेडा बजारमा अनुगमन गरिएको छ । सदरमुकाम चैनपुरबाट १० किलोमिटर पश्चिममा रहेको सुवेडा बजारमा आइतबार घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय बझाङ र उद्योग वाणिज्य संघ सहभागी अनुगमनमा करीब २८ हजार बराबरको म्याद नाघेका अखाद्य पदार्थ बरामद गरी नष्ट गरिएको छ । 

कचाली खोला तर्फबाट गरिएको अनुगमनमा सानाठूला गरि करिब एक दर्जन पसल तथा होटेलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा मैदा, भुजिया, खाने तेल, विस्कुट, सुजी लगायतका २८ हजार बराबरको म्याद गुर्जिएका अखाद्य वस्तुहरु बरामद गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडक बोहराले बताउनुभयो । उहाँका अनुसार कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । यसैबीच अनुगमन टोली आएको थाहा पाएर जयपृथ्वी नगरपालिका ७ सुवेडा खड्केतोलाका केही व्यापारी भने पसलमा ताला लगाएर भागेका थिए । उनीहरुको पसलमा पनि कुनै दिन अनुगमन गरेरै छोड्ने अनुगमन टोलीले प्रमुख बोहराले जानकारी दिनुभयो । 

व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको अनुगमन टोलीका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडक बोहराले बताउनुभयो ।

सबै व्यवसायीहरुलाई साउन महिनाभित्र सम्बन्धितमा आएर व्यवसायी दर्ता गराउनको लागि निवेदन दिन जानकारी दिएको बोहराले बताउनुभयो । सबै व्यापारीहरुलाई दर्ता नविकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुनी कारवाही अगाडि बढाउने उहाँको भनाई छ । लगातार ३ दिनको अनुगमनमा करिब १ लाख १३ हजार मूल्य बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको पनि प्रमुख बोहराले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै