नेभिगेशन
सुदूरपश्चिम

बाग्थला-भामचौर ग्रामिण सडकका कारण थापा गाउँमा घर, गोठ र आँगनभरि पानी र हिलो पस्यो

केदारस्युँको बाग्थला-भामचौर ग्रामिण सडकका कारण दुई दर्जन बढी घरपरिवार जोखिममा परेका छन् । बाग्थला-भामचौर ग्रामिण सडक मुनी रहेका थापागाउँ, रोतागडा लगायतका ठाउँका बस्तीहरु बाढी पहिरोको जोखिममा परेका हुन् । शनिबार बिहान परेको पानीका कारण थापागाउँका गाउँका एक दर्जन बढी घरमा बाढी पसेको छ । 

माथिल्लो थापा गाउँको जोलढुङ्गाबाट सुरु भएको बाढीले गोपाल गुर्धामि, नर गुर्धामी, विरभान गुर्धामी, सुको गुर्धामी र हिक्मत गुर्धामीका घर आँगन र गाइभैसी गोठमा क्षति पुर्‍याएको स्थानीय ललित गुर्धामीले बताए । घर, गोठ र आँगनभरि पानी र हिलो हुँदा स्थानीयलाई सास्ती भएको गुर्धामीको भनाई छ । 

गुर्धामीका अनुसार उक्त सडक खण्डका कारण तल्लो थापागाउँका पनि २० परिवार पनि जोखिममा परेका छन् । थापागाउँ र रोतागडामा धेरै ठूलो पानी परे गाउँ नै सखाप हुने त्रास रहेको अर्का स्थानीय मंगल गुर्धामीले बताए । गाउँमा सडक पुग्दा यातायात सुविधा महशुस भए पनि न्युनतम मापदण्ड पुरा नगरी डोजर प्रयोग गरि निर्माण गरिएका सडकहरुमा वर्षासंगै पहिरो जान थालेपछी बस्तिहरु जोखिममा परेको उनले गुनासो गरे । 

अधिकांश भिरालो मानव बस्ति भन्दा मुनी र माथि खनिएका सडकमा बर्षाद्का बेला बढी पहिरो जाने गरेको उनको भनाइ छ । अघिल्लो वर्ष पनि तल्लो बाग्थला बजारमा सडककै कारण ठुलो धनजनको भएको थियो । केदारस्युँ गाउँपालिकामा पुराना तथा नयाँ खनिएका सडकमा पहिरो जादा बस्तिमा जोखिम बढेको छ । जिल्लाका अधिकांश सडक निर्माण योजनाका अगुवाहरुकै तजविजमा खनिएका सडकले बढी विपत निम्त्याएको स्थानीयको भनाई छ । डोजर अपरेटरलाई यता–उता भनेर संकेत गरेका भरमा खनिएका सडकहरु वर्षा लागेसँगै अवरुद्ध हुन थालेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै