नेभिगेशन
सुदूरपश्चिम

स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शनिवार दाहसंस्कार गरिने

दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजुको दाहसंस्कार शनिवार बझाङमा गरिने भएको छ । स्वर्गीय मन्त्री सिंहका जेठो छोरा नर्वेमा छन् । जेठो छोरा शुक्रवार नेपाल आईपुग्नेछन् । त्यत्तिञ्जेल स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शव जिल्ला अस्पतालमा राखिनेछ । जेठो छोरा आएपछि शनिवार स्वर्गीय सिंह दम्पत्ती र उनकी भाउजु जयाको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

गाडी दुर्घटनामा मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरीर धनगढीबाट बुधवार दिउसो हेलिकोप्टरमा बझाङ लगिएको थियो ।

आज बिहानदेखि श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको स्वर्गीय मन्त्रीको शव मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुख, सर्वसाधारण, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुले श्रद्धाञ्जी अर्पण गरेपछि दिउसो १२ः१५ बजे बझाङ लगिएको हो । धनगढीबाट बझाङ जाने क्रममा सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मंगलवार दिउसो १ः४५ बजे केदारस्यु गाँउपालिका–१ झारछडामा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै