नेभिगेशन
सुदूरपश्चिम

धनगढी रंगशालामा श्रद्धाञ्जली अर्पणपछि मन्त्री सिंहको शव बझाङ ल्याइदै

श्रद्धाञ्जलीका लागि मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिँदै छ। आज (बुधवार) बिहान ९ बजे उनको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने भएको हो।

मंगलवार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको श्रद्धाञ्जलीका लागि प्रदेश सरकारले सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने जनाएको हो। धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ। यस्तै मन्त्रीको धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको शव भने जिल्ला अस्पताल बझाङमा राखिएको छ । 

मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै