नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी राजमार्गको  अन्तिम बिन्दुसम्मै कालोपत्रेको माग गर्दै भोपुरबासीले गरे सडक बन्द 

खोड्पे-बझाङ जयपृथ्वी राजमार्गको अन्तिम बिन्दु भोपुर खोलासम्म कालोपत्रे हुनुपर्ने मागसहितको भोपुरबासीले सडक बन्द गरेका छन् । ठेकेदार कम्पनीले जयपृथ्वी नगरपालिका -११ भोपुर बजार क्षेत्रमा कालोपत्रेका लागि खनेर छोडेको र अहिले सिमभाडीसम्म मात्रै कालोपत्रे गरेको भन्दै भोपुरका बासिन्दाले मंगलबार बिहानैदेखि चैनपुर-ताक्लाकोट सडक बन्द गरेका हुन् ।

कालोपत्रे लागि निर्माण कम्पनीले अन्तिम बिन्दुसम्म खनेकाले अहिले भोपुर(लाल्टिन) बजार क्षेत्रमा हिलोधुलो भएकाले हिड्न असहज भएको  भन्दै भोपुरबासीले चैनपुर- ताक्लाकोट सडक बन्द गरेको स्थानीय दिलबहादुर खातीले बताउनुभयो ।

उहाँका अनुसार आफुहरुको बजार क्षेत्रमा कालोपत्रे गरिनुपर्ने माग सम्बोधन नभएसम्म बन्द यथावत रहने भएको छ । चैनपुरबाट तल्कोट, मष्टा र साइपाल  जाने यात्रुहरू सडक बन्दका कारण अलपत्र परेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै