नेभिगेशन
सुदूरपश्चिम

बझाङबाट महेन्द्रनगर तर्फ हिडेको बस ठूलो दुर्घटना हुनबाट जोगियो

साघुँरो सडकका कारण बझाङबाट महेन्द्रनगर तर्फ गइरहेको महाकाली यातायात समितिको बस साइड दिने क्रममा ब्रेक प्रेसर पाइप फुट्दा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका ८ स्थित मेल्थुम रिसोर्ट माथिको मोडमा दुर्घटनामा परेर सडक भित्तामा ठोक्किएको हो । उकालो सडक चढ्ने क्रममा ब्रेकको प्रेसर पाइप फुटेर बस सडकको भित्तामा ठोकिएको अस्थाई ट्राफिक पोष्ट बाग्थलाले जनाएको छ ।

चैनपुरबाट महेन्द्रनगर तर्फ गइरहेको सुपप्र ०२ ००१ ख १००३ नम्बरको दिवा सेवाको बस केहिबेर अघि दुर्घटनामा पर्दा ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको छ । उक्त बसमा सवार यात्रु अहिले बिच बाटोमा अलपत्र परेका छन् । बसमा ३३ जना यात्रु रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै