नेभिगेशन
सुदूरपश्चिम

बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गयो 

बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थीत हलेली भन्ने स्थानमा बिहीबार वेलुका ६ बजे लडेर ज्यान गएको हो ।

जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै घर फर्किरहेका थिए ।

एक्लै घर फर्किरहेका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको स्थानीय दिपेश दमाईले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलबाट शव ल्याएर मुचुल्का तयार गरेपछि जेठाराको दाहसंस्कारको तयारी भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै