नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिका ३ मा विद्यार्थीलाई सरसफाई तथा शैक्षिक सामाग्री वितरण

बझाङ : बझाङको मष्टा गाउँपालिका वडा नं ३ ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै सरसफाई सामाग्रीहरु बितरण गरेको छ । आज बुधबार एक कार्यक्रमको आयोजना गर्दै वडा कार्यलयले वडा भित्र रहेका सम्पूर्ण विद्यालयमा अध्ययनरत अनाथ, असाहय, विपन्न तथा दलित परिवारका बालबालिकालाई विद्यालय पोशाकका साथै उक्त सामाग्रीहरु वितरण गरेको वडा सचिब हर्केश कठायतले जनकारी दिनुभयो । 

कार्यक्रमबाट वडा भित्रका विभिन्न विद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई केही राहात होस भनेर विद्यालय पोशाक, झोला, कापीकलम र सरसफाईका सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा  वडा नं ३ का वडाध्यक्ष धर्म धामि, पूर्व वडाध्यक्ष, गाउँका बुद्धिजिबी, समाजसेबी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै