नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिकाका विभिन्न विद्यालयमा सुचना प्रबिधि (ICT Lab )  संचालनमा आएपछि पठनपाठनमा सहज

बझाङ : बझाङको मष्टा गाउँपालिका भित्रका विभिन्न विद्यालयमा गाउँपालिकाले सुचना प्रबिधि (ICT Lab )  संचालनमा ल्याएपछि पठनपाठनमा सहज भएको छ । विद्यालयमा गुणस्तरीय शिक्षाका लागि राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरगत गत बर्ष र यो वर्ष गरी ४ वटा विद्यालयमा र नमुना विद्यालय कार्यक्रम अन्तरगत १ वटा विद्यालयमा सुचना प्रबिधि ( ICT Lab) जडान गरीएको मष्टा गाउँपालिका शिक्षा अधिकृत पृथूराज जोशीले जानकारी दिनुभयो ।

(ICT Lab ) जडान , फर्निचर निर्माण लगायतको खर्चमा पनि गाउँपालिकाले सहयोग गरेको उहाँको भनाई छ । गाउपालिकाले कुल मष्टजन माध्यामिक विद्यालय भातेखोला , रिलु चौर माध्यमिक विद्यालय रिलु , सरस्वती माबि रनाडा , मष्टा आधारभुत विद्यालय तुतीमा र शारदा मावि मष्टा – २ मा सुचना प्रबिधि ( ICT Lab )  संचालनमा ल्याएको छ । बिध्यार्थीहरुले सजिलोसँग बुझ्न सक्ने शिक्षकलाई पनि पढाउन सजिलो तथा निकै प्रभाकारी भएको मष्टा आधारभुत बिध्यालयका शिक्षक दिल बहादुर कठायतको भनाई रहेको छ ।

विध्यालयमा यो प्रविधी जडान भएपछि किताबमा नभएका कुराहरु प्नि खोजेर पठन पाठन गराउन सजिलो भएको उहाँले बताउनु भयो । अबको पाँच वर्ष भित्रनै क्रमश गाउपालिकाका सम्पूर्ण बिधालयहरुमा यो प्रबिधी संचालनमा ल्याउने गाउपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै