नेभिगेशन
सुदूरपश्चिम

नयाँ भाडादर समायोजनको विरुद्ध यातायात व्यवसायीहरु आन्दोलित, लामो दुरीका सवारी साधन ठप्प

यात्रुहरु अलपत्र

बझाङ : सुदुरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । प्रदेशले तोकेको नयाँ भाडादर समायोजनको विषयमा सहमती हुन नसकेपछि यातायात व्यवसायीहरु हिजोदेखि आन्दोलित भएका हुन् ।

केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको भाडादर तोकेको थियो । जसअन्र्तगत धनगढीदेखी बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो । तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने बताएका छन् ।

प्रदेश सरकारले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले आज बिहानै देखि यातायातका साधनहरु पुर्णरुपमा बन्द गरेका हुन । लामोदुरीका सार्वजनिक सवारी साधन ठप्प भएपछि जिल्ला आउने र बाहिर जाने यात्रुहरु अलपत्र परेका छन् ।

अहिले धनगढीमा यातायात सञ्चालनको लागि सहमतिको प्रयास भइरहेको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यलय बझाङले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै