नेभिगेशन
सुदूरपश्चिम

बझाङका जनप्रतिनिधिसहित ८ जना धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

 धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बिथ्डचिर गाउँपालिका–२ को २८ वर्षीय जिबन बोहराले संचालन गरेको कमल रोशन होटलबाट उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङ बिथ्डचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, २ कै ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबिन्द्र मण्डेल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खडका र होटल सञ्चालक बोहरा रहेका छन्। यीमध्ये ३४ वर्षीय पबिन्द्र मण्डेल छबिसपाथिभेरा २ का वडाध्यक्ष हुन् । 

उनीहरुलाई जुवातास खेलिरहेको अबस्थामा नगद २५ हजार ७ सय र तास ३ गड्डीसहित फेलापारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै