नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा लघुवित्त संस्थाहरुको दादागिरी, ऋणीमाथि ब्याजको भारी

सुदूरपश्चिममा सञ्चालित लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयमा एकपछि अर्को तालाबन्दी भइरहेको छ। कञ्चनपुर र दार्चुला हुँदै अछाममा सञ्चालित गरी लघुवित्तका पाँच वट शाखा कार्यालयमा तालाबन्दी गरिसकिएको छ। क्रमिक रुपमा अन्य लघुवित्त वित्तीय संस्थामा पनि तालाबन्दी गरिने बताइएको छ।

प्रदेशभित्र सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुले ऋणीमाथि ब्याजको भारी बोकाएर दादागिरी गरिएको भन्दै ती संस्था विरुद्ध ऋणीहरु आन्दोलित छन्। लघुवित्तबाट कर्जा लिएका ऋणीको उठिबास नै लाग्न थालेपछि यहाँका लघुवित्तमा तालाबन्दीदेखि निक्षेप जम्मा नगर्नेसम्मको अवस्थामा ऋणी पुगेका छन्। अहिलेकै अवस्थामा लघुवित्त सञ्चालन हुने हो भने सञ्चालिन लघुवित्त नै पलायन हुने खतरा समेत बढेको छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट युवा संगठनका कार्यकर्ताले दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेका दुई लघुवित्तमा यसअघि तालाबन्दी नै गरेका थिए। गोकुलेश्वरस्थित माइक्रो फाइनान्स र निर्धन लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको थियो। लुघवित्तले सर्वसाधारणहरुलाई चर्को ब्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै उनीहरूले वित्तीय संस्थालाई चेतावनी स्वरुप पहिलो चरणमा तालाबन्दी गरिएको थियो।
लघुवित्त वित्तीय संस्थाहरुले चक्रवती ब्याज असुल गरेको, महिला उद्यमीलाई १५ प्रतिशत ब्याज भन्ने सेवाशूल्क हर्जना लगाई १५ दिनमै असुल गरेको, ऋणीको घरबाट टिभी, बाख्रा, कुखुरा भैंसीसमेत उठाएको उल्लेख गरिएको छ। यस्तै ऋणीले समय माग्दा मानसिक यातना दिने गरेको जनाइएको छ। यसअघि कञ्चनपुरको सुडामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी ९बहुमत० ले बिभिन्न ५ कारण देखाउँदै सो वित्तीय संस्थामा तालाबन्दी गरेको थियो। लघुवित्तले उपभोक्ताबाट चर्को ब्याज असुली गरिरहेको किस्ता असुल उपर गर्दा ऋणिहरुसित जबरजस्ती र दुव्र्यबहार गर्ने गरेको, बिभिन्न प्रलोभन ९स्किम० दिएर उपभोक्तालाई ठग्ने र दुःख दिने गरिएको र बचत बुक संस्थामा राखेर आयव्यय पारदर्शी नगरेको लगायत कैफित देखाउँदै तालाबन्दी गरिएको थियो। 

त्यस्तै अछाममा रहेका दुुई लघुुवित्त वित्तीय संस्थामा पनि नेपाल कम्प्युनिष्ट पार्टी विप्लवले तालाबन्दी गरेको छ। जिल्लाको साँफेबगर नगरपालिकामा रहेका छिमेक र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा आईतबार तालाबन्दी गरिएको हो। लघुवित्तले चर्को ब्याजदर असुलेको, एक अंकमा कायम नगरेको, ऋणीलाई मानसिक यातना, गाउँ छाड्न, देश छाड्न र आत्महत्या गर्न बाध्य पारेको, बचत फिर्ता गर्न अटेर गरेको, पैसाको व्यापार गरी लुट मच्चाएको र नेपाल राष्ट्र बैंकले निर्देशन गर्दा पनि सेवा शुल्क, बिमा शुल्क लगायत अन्य शुल्कहरू खारेज नगरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको बताइएको छ।

अनिश्चितकालीन रूपमा तालाबन्दी गरिएको नेपाल कम्प्युनिष्ट पार्टी विप्लव अछामका सचिव निरश शाहीले बताए। बिनाधितो ऋण दिने होडबाजीमा लघुवित्तहरूले आफूले दिएको ऋण सदुपयोग हुन्छ कि हुँदैन ऋणीले तिर्न सक्छन् कि सक्दैनन् वा अन्य संस्थाबाट ऋण लिएको छ कि छैनजस्ता सामान्य मापदण्ड पनि पालना गरेको देखिँदैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै