नेभिगेशन
सुदूरपश्चिम

बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी

  जिल्ला कारागार बझाङमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा चोरी मुद्दामा ३वर्ष कैद फैसला भएका छबिसपाथिभेरा गाउँपालिका( ४ का सुरेस थापा र धनगढी उपमहानगरपालिका (१ का बिनु चउधरीको बाँकी सजाय माफी मिनाहा भएको कारागार बझाङका प्रमुख धन बहादुर घर्तीले बताउनु भयको छ ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलनका आधारमा उनको बाँकी कैदी मिनाहा भएको हो ।

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै