नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन्। 

उद्योय पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले शपथ लिएका छन्। तीन मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका हुन भने राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका छन्। 


प्रदेश प्रमुखको कार्यालयमा शनिवार साझ ४ बजे शपथ ग्रहरणको कार्यक्रम रहेको थियो। नागरिक उन्मुक्ति पार्टीबाट भने कुनैले पनि शपथ लिएनन्। नागरिक उन्मुक्ति पार्टीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र छोडिएको छ। उन्मुक्तिले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गर्दै आएको थियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै