नेभिगेशन
सुदूरपश्चिम

नयाँ भाडादर कायम गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङद्वारा प्रशासनमा ज्ञापनपत्र

बझाङ : पेट्रोलियम पदार्थको मुल्य घटेपनि बझाङ जिल्लामा संचालित छोटो तथा लामोदुरीका यातायात व्यवसायीहरुले पुरानै भाँडादर कायम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई ज्ञापनपत्र बुझाएको छ । केहि दिन अगाडि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य १० रुपैयाँले घटाएको छ । तर बझाङका यातायात व्यवसायीहरुले भने पुरानै भाडादर कायम गरेर यात्रुबाट बढी भाडा असुलेको भन्दै आज रास्वपा बझाङका संयोजक नगेन्द्र बहादुर खड्काले ज्ञापनपत्र बुझाएका हुन् ।


पेट्रोलियम पदार्थको मुल्य घटाए पनि छोटो तथा लामो दुरीका यातायात व्यवसायीहरुले भाडादर नघटाएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मुल्य घटे पनि भाडादर नघटाउदा सर्वसाधारण थप मारमा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा लेखिएको छ । ‘नेपाल आयल निगमको मिति २०८०÷०१÷२२ गतेको नयाँ मुल्य समायोजन अनुसार नयाँ भाडादर कायम गरी आम सर्व साधारणलाई सहज तथा सुलभ सेवा उपलब्ध गराइदिनहुन अनुरोध छ ।’ 


गाडी मालिक तथा चालकहरुले मनोमानी ढङ्गले भाडा असुल्ने गरेको संयोजक खड्काको भनाइ छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले तत्काल सुरक्षा निकायलाई जानकारी गराई अनुगमन गर्ने तयारीमा रहेको बताए । उनले अनुगमनका बेला बढी भाडा असुलेको पाइएमा गाडी मालिक तथा चालकहरुलाई कारबाही गरिने समेत जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै