नेभिगेशन
सुदूरपश्चिम

महिलालाई जबरजस्तीकरणी गर्न खोज्ने थलाराका एक युवक पक्राउ

बझाङमा आफ्नै भाइ बुहारी नाता पर्ने महिलालाई जवरजस्तिकरणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नं २ घर भएका २५ वर्षीय प्रकाश खातीलाई सोही ठाउँकी भाइ बुहारी नाता पर्ने एक २५ वर्षीय महिलालाई जबरजस्ती करणीको प्रयास तथा दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । 

खातीले पिडित महिलाको घरको ढोका तोडेर आइतबार राति १२ बजे जबरजस्ती गर्न खाजेको प्रहरीले जनाएको छ । जबरजस्तीकणी गर्न खोज्ने खातीको प्रतिकार गर्न खोज्दा पिडित महिला घाइते समेत हुनुभएको छ । 

पिडित महिलाको हात, घाँटी, छाती र खुट्टामा चोट लागेको र उनलाई चैनपुरस्थित महिला सुरक्षित आवास गृहमा राखेर उपचार तथा परामर्शपछि घटनास्थल मुचुल्काका लागि घर पठाइएको सुरक्षित आवास गृहका प्रमुख गिता शाहीले बताउनुभयो । 

पक्राउ परेका आरोपित खाती विरुद्ध पिडित महिलाले जबरजस्ती करणी अन्तर्गतको मुद्धा दर्ता गराउनुभएको छ । पिडित महिलाका श्रीमान विगत ४ वर्षदेखि रोजगारीका लागि भारतमा रहेका छन् ।  पक्राउ परेका खातीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान भइरहेको र बुधबार जिल्ला अदालतमा फेरि म्याद थप गरि गहन अनुसन्धान गरिने प्रहरी निरिक्षक तथा सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै