नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बझाङमा एम्बुलेन्सले मोटरसाइकललाई टक्कर दिँदा एक जनाको ज्यान गएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नं ६ चिसापानी मोडमा एम्बुलेन्सले सोही दिशा तर्फ आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय २३ वर्षिय मोटरसाइकल चालक गोवीन्द्र महरको ज्यान गएको हो । 

देउलेखबाट सुनकुडा तर्फ आउँदै गरेको शु प प्र ०१००झ ३६१ नम्बरको एम्बुलेन्सले सोहि दिशा तर्फ आइरहेको से ५ च २०२४ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ३ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थिले जानकारी दिनुभयो । 

एम्बुलेन्सले ठक्कर दिएपछि गम्भिर घाइते भएका महरलाई उपचारको लागि धनगढी लिदै गर्दा बैतडीको खोड्पेमा मृत्यु भएको हो । उक्त एम्बुलेन्स देउलेख प्राथामिक स्वास्थ्य केन्द्रको रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक स्थानीय ४५ वर्षीय हर्क ढाँटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले मृतकका आफन्तहरुको विरोध प्रदर्शनका कारण जयपृथ्वी राजमार्ग बन्द भएको र सहमतिको प्रयास भइरहेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै