नेभिगेशन
सुदूरपश्चिम

बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकि महिलाको शव भेटियो

बझाङ : बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकि महिलाको शव भेटिएको छ । यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा हिम पहिरोमा परेर बेपत्ता भएकि सुर्मा गाउँपालिका १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । 

छोेरासहित सुर्मा गाउँपालिकाको पार्थीहिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा  हिमालबाट घर फर्किने क्रममा वैशाख १९ गते मंगलबारदेखि हिउँ पहिरोमा परेर बेपत्ता भएकी थिइन् ।

बेपत्ता भएको दिनदेखि नै स्थानिय, नेपाल प्रहरी र शसस्त्र प्रहरीले निरन्तर खोजिकार्य गरेकोमा आज सोमबार बिहान मात्रै शव भेटिएको हो । 

बेपत्ता भएको ठाउँबाट करिब एक किलोमिटर तल पार्थीभिरमा आज शब भेटिएको सुर्मा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष दिनेश बोहोराले जानकारी दिनुभयो । अध्यक्ष बोहोराका अनुसार मृतक महिलाले लगाएको सुुनको गहना समेत हराएको छ । अहिले मृतकको शवलाई घर ल्याउने काम भैरहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै