नेभिगेशन
सुदूरपश्चिम

जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते, चालक र जीप प्रहरी नियन्त्रणमा

जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन् । चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका ४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिदा जयपृथ्वी नगरपालिका ३ सिमोल्तोलाका दुई बालिका घाइते भएका हुन् ।

घाइते हुनेमा जयपृथ्वी नगरपालिका ३ सिमोल्तोलाका  ९ वर्षिय आयुस्मा विष्ट र भावना विष्ट रहेका छन् । आयुस्मा विष्टको टाउको, ढाड र छाती चोट लागेको छ भने भावना विष्टको टाउको ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल स्रोतले जनाएको छ । घाइते दुबैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।


चैनपुरबाट खप्तडछान्ना तर्फ गइरहेको चालक धनराज भटराईले चलाएको से १ ज १०५३ नम्बरको जीपले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिका ४ पानकोट पुल अगाडी भीडमुनीमा ठक्कर दिएर फरार भएको जीप जयपृथ्वी नगरपालिका ५ कोटेलीबाट नियन्त्रणमा लिइएको लिइएको प्रहरीले जनाएको छ । अहिले चालक र जीप नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारी बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै